आरके श्रीवास्तव । चैत्र २३ गते
रौतहट जिल्लाको गुजरा नगरपालिकामा जनता आवास कार्यक्रम अन्तर्गत धमाधम घरहरु बनिरहेका छन् । गुजरा नगरपालिका वडा नम्बर – ९ भन्गाहामा मुसहरहरुको लागि पक्कि घर धमाधम बनिरहेको छ । प्रदेश २ सरकारका भौतिक पुर्वाधार बिकाश मन्त्रालय द्वारा जनता अवास कार्यक्रम अन्तर्गत मार्फत दलितहरुको लागि पक्कि घर बनाउन शुरु गरिएको छ । प्रदेश सरकारले प्रदेश २ का आठौ जिल्लामा बसोबास गर्ने दलित अति बिपन्नमा पर्ने मुसहर, र डोम जातीहरुको लागि सो भवन निर्माण गर्न लागिएको हो ।
जनता अवास कार्यक्रम अन्तर्गत गुजरा नगरपालिका वडा – ९ भन्गहा मा मुसहरुको लागि पक्कि घर अब बन्न लागेको हो । यस अघि नै एक कार्यक्रमका बिच रौतहट जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेश २ सांसद एवम नेपाल समुहका नेकपा नेता नागेन्द्र राय यादव र वडा वडाध्यक्ष दीपेन्द्र पनुहर ले सन्युक्त रूप्मा शिलान्यास गर्नु भयो । सांसद यादवले मुसहर टोलमा जनता आवास योजना अन्र्तगत जम्मा ५४ वटा घर बनाइने बताएका छन ।
विधायक यादवको निर्वाचन क्षेत्र अन्तरर्गत पर्ने गुजरा नगरपालिकाको वडा नम्बर ८ मा ७१ वटा, वडा नं. ९ दयालपुरमा ५४ वटा र वडा नम्बर ५ लक्ष्मीपुरमा २५ वटा घर यसै आर्थिक वर्ष भित्रमा निर्माण गरिने सांसद यादवका सहयोगी ऋृषि तिवारीले बताएका छन ।
सांसद यादवले आफनो निर्वाचन क्षेत्र भरिमा २ सय घर निर्माण गराउँदै छन् । अब छिटै अन्य ठाउँमा पनि घर निमार्णको काम अगाडी बढाइने विधायक यादवले बताउनु भयो ।
उक्त शिलान्याश कार्यक्रममा वडाध्यक्ष दिपेन्द्र पनुहर ,प्रदेश सांसद नागेन्द्र यादव ,प्रहरी चाैकि सिमराभवानीपुरका ईन्चार्ज ,ईन्जिनियर रन्जित साह ,भावी मेयर प्रत्यासी सुरेन्द्र चाैधरी ,उमेश साह , नेमि माझी , शिक्षक काशी चाैधरी,ऋृषि तिवारी लगायत पत्रकार,समाजसेवीहरुको उपस्थिति रहेको थियो।


प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्
Welcome back
Log in with your username or email address.
Create your account
It only takes a minute — and it's free.
Already have an account? Log in