गोलबजारमा ब्राउन सुगरसहित तीन जना प्रहरीको नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ७, आईतबार (२ हप्ता अघि)
  • ६६ पटक पढिएको
गोलबजारमा ब्राउन सुगरसहित तीन जना प्रहरीको नियन्त्रणमा

सिराहा, ०७ भदौ। सिराहाको गोलबजारबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार राति गोलबजार नगरपालिका–३ स्थित विकास होटल अगाडिबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–८ का १९ वर्षीय दीपककुमार यादव, वडा नम्बर ७ का २० वर्षीय आशिक महतो र वडा नम्बर ६ का १८ वर्षीय राजेशकुमार दास रहेका छन्। उनीहरू मधेस प्रदेश ०१–००५ प २४९३ नम्बरको मोटरसाइकलमा सवार थिए।

कसहाबाट गोलबजारतर्फ आउँदै गरेको उक्त मोटरसाइकललाई शङ्का लागेर प्रहरीले जाँच गर्दा उनीहरूको साथबाट ११.६२ मिलिग्राम ब्राउन सुगर र नगद २ हजार ९ सय २० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार पक्राउ परेका तीनै जनालाई बरामद मोटरसाइकल, नगद तथा लागुऔषधसहित नियन्त्रणमा लिइएको छ।

उनीहरूलाई लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको प्रहरीले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस