
धनुषा,१५ असोज। धनुषाको मिथिला नगरपालिका–३, लालभित्तीस्थित औरही खोला किनारमा सञ्चालित क्रसर उद्योगमा टिपर पल्टिँदा उद्योग सञ्चालकको मृत्यु भएको छ ।
ग्राभेल लोड गरिएको टिपर क्रसर उद्योगभित्रै पल्टिँदा त्यसमा रहेको ग्राभेलले पुरिएर क्रसर सञ्चालक ३८ वर्षीय हरी महतो गम्भीर घाइते भएका थिए । क्रसरबाट ग्राभेल ओसार्ने क्रममा टिपर पल्टिएपछि महतोलाई उद्धार गरी उपचारका लागि जनकपुरस्थित जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो ।
तर उपचारका क्रममा चिकित्सकले महतोलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ । एक जना गम्भिर घाईते भएको जनाएको छ ।
प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ । टिपर पल्टिनुको कारण तथा दुर्घटनासँग सम्बन्धित अन्य विवरणसमेत अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।
