जनकपुरधामबाट पेस्तोल र गोलीसहित दुई जना युवक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १४, आईतबार (७ घण्टा अघि)
  • ३६ पटक पढिएको
जनकपुरधामबाट पेस्तोल र गोलीसहित दुई जना युवक पक्राउ

जनकपुरधाम, १४ असार। जनकपुरधामबाट दुई युवकलाई हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका– ९ स्थित ब्रह्मपुरी चोकमा रहेको एक होटलबाट प्रहरीले गैरकानुनी पेस्तोल, म्यागजिन र गोलीसहित दुई युवालाई पक्राउ गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको विशेष प्रहरी टोलीले शनिबार दिउँसो थापा होटलमा खानतलासी गर्दा हतियार तथा गोली बरामद गरेको छ । प्रहरीले होटलबाट ‘इगल याप्टर’ लेखिएको काठको बिँड जडान भएको एक थान पेस्तोल, त्यसको एक थान म्यागजिन, ९ एमएमको एक थान गोली तथा ७.६५ एमएमका तीन थान गोली बरामद गरेको जनाएको छ । सो घटनामा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हँसपुर नगरपालिका–६ सोनीगामाका १८ वर्षीय सुधिर मुखिया पक्राउ परेका छन् ।

प्रहरीले बरामद गरिएको हतियार र गोलीसहित दुवै जनालाई नियन्त्रणमा लिइ हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ । पक्राउ परेका दुबै जना आरोपितमाथि हतियारको स्रोत, प्रयोगको उद्देश्य तथा यस घटनामा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस