जेठ १६ देखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द हुने घोषणा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १३, बुधबार (१ हप्ता अघि)
  • ७२ पटक पढिएको
जेठ १६ देखि निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा बन्द हुने घोषणा

बारा, १३ जेठ। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएका आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य बीमा सेवाहरू आगामी जेठ १६ गतेदेखि स्थगित हुने भएका छन्।

स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै जेठ ११ गते बसेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो।

बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिद्वारा जारी गरिएको सूचना अनुसार अर्को निर्णय नभएसम्मका लागि यो स्थगन लागू रहनेछ। बढ्दो दाबी भुक्तानी र आर्थिक चापका कारण राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम नै संकटमा पर्न थालेपछि बोर्डले निजी अस्पताल तथा मेडिकल कलेजहरूमा प्रवाह हुने ओपीडी लगायतका सेवाहरू रोक्ने निर्णयमा पुगेको जनाएको छ।

यस निर्णयबाट स्वास्थ्य बीमा कार्ड प्रयोग गरी निजी अस्पतालहरूमा नियमित उपचार गराउँदै आएका सर्वसाधारण नागरिकहरू प्रत्यक्ष प्रभावित हुने देखिएका छन्।

जेठ १६ गतेपछि बिमितहरूले आकस्मिक उपचार बाहेकका अन्य स्वास्थ्य बीमा सुविधाहरूका लागि अनिवार्य रूपमा सरकारी अस्पतालहरू मै निर्भर हुनुपर्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस