झगडा छुट्याउन गएका युवकको मृत्यु, एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १२, मंगलबार (९ घण्टा अघि)
  • ५२ पटक पढिएको
झगडा छुट्याउन गएका युवकको मृत्यु, एक जना पक्राउ

रौतहट, १२ जेठ। रौतहटमा दुई पक्षबीच भइरहेको झगडा छुट्याउन गएका एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ निवासी ३० वर्षीय विष्णु सुवेदी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार झगडा रोक्न प्रयास गर्ने क्रममा सुवेदीलाई धकेल्दा उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा निजगढ नगरपालिका–६ निवासी ३८ वर्षीय विमल मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस