झाझ पुलमा राति लुटपाट, गौर–पिपरा सडकमा यात्रु त्रसित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १८, सोमबार (१ हप्ता अघि)
  • ७१ पटक पढिएको
झाझ पुलमा राति लुटपाट, गौर–पिपरा सडकमा यात्रु त्रसित

रौतहट, १८ जेठ । रौतहटको भित्री सडक गौर–पिपरा सडकखण्डमा पर्ने झाझ पुलमा आईतवार राति विद्युतका कर्मचारीको मोटरसाइकल लुटपाट भएको छ ।

दुर्गा भगवती गाउँपालिका–४ गौर–सडकखण्डमा पर्ने झाँझ पुलमा गएराति ९.४० बजेको समयमा डिउटी सकेर घर जाँदै गरेको अवस्थामा अज्ञात समुहले मोटरसाइकल लुटेर फरार भएको हो ।

राजदेवी नगरपालिका–१ निवासी पंकजकुमार यादवको ना २९ प २९३२ नम्बरको निलो रङको ग्ल्यामर मोटरसाइकल लुटपाट भएको प्रहरी श्रोतबाट बुझिएको छ । गंगापिपरा फियूज शाखामा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी डिउटी सकेर घर फर्किरहेको अवस्थामा उक्त घटना भएको बताइएको छ ।

इप्रका गंगापिपरालाई राति १०ः२० बजेको समयमा सूचना प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक (सई) जय प्रकाश पाण्डेको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको थियो ।

प्रहरीले लुटपाटमा संलग्न व्यक्ति तथा मोटरसाइकलको खोजी कार्य तीव्र बनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए ।

स्मरणीय रहोस, गौर–पिपरा–समनपुर सडक खण्ड अति नै व्यस्त रहेको हुँदा समेत रात्रिमा प्रहरीको उपस्थिति शुन्य रहेको हुँदा यसप्रकारको घटना भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी विरुद्ध व्यापारिक प्रयोजनको लागि झाझ पुल क्षेत्रमा दिउसो देखि साँझ सम्म बस्ने गरेको स्थानीयले गम्भीर आरोप लगाए ।

पटक पटक सम्बध निकायहरुलाई झाझ पुलमा एउटा प्रहरीको विट राखेर २४ औं घण्टा डिउटी राख्नु पर्ने स्थानीयहरु माग गरेपनि कुनै सुनवाइ नहुुदा झाझपुलमा मोटरसाइकल लुटपाट भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस