त्रिशूली–३ ‘बी’ सुरुङ उद्धार : फसेकाको खोजीमा हेलिकप्टरबाट पुर्‍याइयो मिनी एस्काभेटर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १६, मंगलबार (५५ मिनेट अघि)
  • ३४ पटक पढिएको
त्रिशूली–३ ‘बी’ सुरुङ उद्धार : फसेकाको खोजीमा हेलिकप्टरबाट पुर्‍याइयो मिनी एस्काभेटर

वीरगञ्ज, १६ भदौ। रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टरबाट मिनी एस्काभेटर आयोजनास्थलतर्फ लगिएको छ।

बाढीका कारण सडक तथा स्थलमार्गबाट आवश्यक उपकरण आयोजनास्थलसम्म पुर्‍याउन कठिन भएपछि हेलिकप्टरमार्फत मिनी एस्काभेटरलगायत उपकरण लैजाने व्यवस्था गरिएको हो। सुरुङ क्षेत्रमा थुप्रिएको माटो, लेदो तथा भग्नावशेष हटाएर खोजी कार्यलाई तीव्रता दिन एस्काभेटर प्रयोग गरिने जनाइएको छ।

यसअघि उद्धार तथा खोजीमा खटिएको टोली सुरुङभित्र करिब डेढ किलोमिटरसम्म पुगेर निरीक्षण गरेको थियो। त्यस क्षेत्रमा कुनै व्यक्ति फसेको संकेत नदेखिए पनि त्यसभन्दा अगाडि अँध्यारो, माटो र हिलोका कारण थप अघि बढ्न कठिन भएको बताइएको थियो।

आवश्यक उपकरण आयोजनास्थलमा पुगेपछि सुरुङभित्रको अवरोध हटाउँदै सम्पर्कविहीनहरूको खोजीलाई थप प्रभावकारी बनाउने तयारी गरिएको छ। भौगोलिक कठिनाइ र बाढीले पुर्‍याएको क्षतिका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस