दुर्घटनामा ६ वर्षीया बालिकाको ज्यान गयो, पार्किङमा रहेको विद्युतीय सवारी आफैं चल्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १५, सोमबार (६ घण्टा अघि)
  • ४४ पटक पढिएको
दुर्घटनामा ६ वर्षीया बालिकाको ज्यान गयो, पार्किङमा रहेको विद्युतीय सवारी आफैं चल्यो

बारा, १५ असार। बाराको महागढीमाई नगरपालिका–१ स्थित वडा कार्यालय अगाडि पार्किङमा राखिएको विद्युतीय मालवाहक सवारी अचानक चल्दा एक बालिकाको ज्यान गएको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः३० बजे वडा कार्यालय अगाडि पार्किङमा राखिएको मधेश प्रदेश नम्बर ०३–००२ सवारी २८६२ नम्बरको विद्युतीय मालवाहक सवारीमा पाँचदेखि सात जना बालबालिका खेलिरहेका थिए। सोही क्रममा सवारीसाधन एक्कासि सञ्चालन भई अगाडि बढ्दा दुर्घटना भएको हो।

दुर्घटनामा स्थानीय सजाद मियाकी करिब ६ वर्षीया छोरी तबसुन खातुन गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको भए पनि चिकित्सकले बिहान ११ बजे मृत घोषणा गरेका थिए।

प्रहरीले पार्किङमा राखिएका सवारीसाधन सुरक्षित अवस्थामा राख्न, आवश्यक सुरक्षा उपाय अपनाउन तथा बालबालिकालाई त्यस्ता सवारीसाधनको वरिपरि खेल्न नदिन अभिभावक र सवारीधनीलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस