रौशन चौधरी । रौतहट । बैशाख ०४ गते
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा विधालयको लागि नयाँ भवनको शिलान्यास गरिएको छ । विधालयमा भवनको अभाव भएपछि देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल द्वारा शिलान्यास गरिएको हो । सो नगरपालिकाको वडा नम्बर ८ गोनाही स्थित रहेको एक विधालयमा
भवनको शिलान्यास गरिएको हो । सो वडामा रहेको श्री भगवती प्राथमिक बिधालय गोनाहीमा नयाँ भवन निर्माण कार्यको शुभारम्भ गरिएको हो । सो अवसरमा वडाध्यक्ष राजेश, ईश्वरी मुखिया, प्रअ भोला , शिक्षकहरू, अभिभावकहरू लगायत बिद्यार्थीहरूको विशेष सहभागितामा शिलान्यास सु(सम्पन्न भएको हो ।

Listen to this article
0:00
1:00
प्रकाशित :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।