धनुषाको सबैलामा एक व्यक्तिको हत्या, अनुसन्धान सुरु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १५, शुक्रबार (१ महिना अघि)
  • ७० पटक पढिएको
धनुषाको सबैलामा एक व्यक्तिको हत्या, अनुसन्धान सुरु

धनुषा, १५ साउन। धनुषाको सबैला नगरपालिका वडा नं १२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ ।

धनुषाको हँसपुर नगरपालिका–३ मलहनिया घर भई रघुनाथपुरको हनुमान मन्दिरमा राति बस्दै आएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको हत्या भएको हो ।

गएराति उनको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस