नेपालमा भारू २०० र ५०० का नयाँ नोटको कारोबार खुला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ८, शुक्रबार (१३ घण्टा अघि)
  • ३२ पटक पढिएको
नेपालमा भारू २०० र ५०० का नयाँ नोटको कारोबार खुला

वीरगञ्ज, ०८ साउन। नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ (भारू) २०० र ५०० दरका नयाँ नोट नेपाल ल्याउन, भारत लैजान तथा सटही गर्न अनुमति दिएको छ।  राष्ट्र बैंकका अनुसार यो व्यवस्था नेपाली र भारतीय दुवै नागरिकका लागि लागू हुनेछ।

यसअघि नेपालमा भारू १०० सम्मका नोट मात्रै चलाउन र सटही गर्न पाइने व्यवस्था थियो । नयाँ व्यवस्थासँगै भारतमा रोजगारीमा रहेका नेपाली, नेपाल भ्रमणमा आउने भारतीय पर्यटक, भारत जाने नेपाली पर्यटक तथा दुवै देशबीच आवतजावत गर्ने तीर्थयात्रीलाई सहज हुने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकका अनुसार सन् २०१६ नोभेम्बर ९ अघि चलनचल्तीमा रहेका र भारत सरकारले अमौद्रिकीकरण (डिमोनेटाइज) गरिसकेका भारू ५०० र १००० का पुराना नोट भने नेपालमा मान्य हुने छैनन् । त्यस्तै, भारत सरकारले चलनचल्तीबाट हटाइसकेको भारू २००० दरको नोट पनि नेपालमा ल्याउन, बोक्न वा सटही गर्न पाइने छैन ।

यसअघि राष्ट्र बैंकले भारू २०० र ५०० का नयाँ नोटसमेत नेपालमा प्रयोग गर्न अनुमति दिएको थिएन । तर, पछिल्लो सूचनामार्फत ती नोट बोकेर हिँड्न र सटही गर्न सकिने व्यवस्था लागू गरिएको हो ।

यद्यपि, भारू २०० र ५०० दरका नोट २५ हजार रुपैयाँभन्दा बढी बराबर नेपाल ल्याउन, लैजान वा सटही गर्न भने अनुमति नहुने राष्ट्र बैंकले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस