नेपाली बजारमा सुन–चाँदी सस्तियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २८, बुधबार (२ घण्टा अघि)
  • ४३ पटक पढिएको
नेपाली बजारमा सुन–चाँदी सस्तियो

रौतहट,२८ असोज। नेपाली बजारमा आज पनि सुन-चाँदीको भाउ घटेको छ। मंगलबार तोलामा दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चार हजार तीन सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार दुई सय ५५ पाँच रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस