पक्राउको क्रम नरोकिए सरकारलाई मूल्य चुकाउनुपर्ने प्रचण्डको चेतावनी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १२, सोमबार (३ हप्ता अघि)
  • १२१ पटक पढिएको
पक्राउको क्रम नरोकिए सरकारलाई मूल्य चुकाउनुपर्ने प्रचण्डको चेतावनी

काठमाडौं ,१२ असोज। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण विशिष्ठ व्यक्तिहरुलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताउनुभएको छ ।

सोमबार संघीय संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै संयोजक प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताउनुभएको हो ।

यस्ता घटना नदोहो¥याउन उहाले सरकारलाई आग्रह समेत गर्नुभयो । सुरक्षा थ्रेट भनिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र भएको उहाले बताउनुभयो । उहाले यदि साँच्चिकै सुरक्षा थ्रेट थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने तर्क गर्नुभयो ।

त्यस्तै प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले अहिले जे बोल्नुपथ्र्यो त्यही लाइनमा बोलेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया दिनुभयो । यस विषयलाई लिएर अनावश्यक बढाइचढाइ गर्न जरुरी

नरहेको भन्दै उहाले प्रधानमन्त्री बालेनको ठाउँमा अरू जो भए पनि त्यही कुरा बोल्ने धारणा राख्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस