पर्सागढी नगरपालिकाको ५० करोड ५० लाखको बजेट सार्वजनिक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ६, शनिबार (२ घण्टा अघि)
  • ३७ पटक पढिएको
पर्सागढी नगरपालिकाको ५० करोड ५० लाखको बजेट सार्वजनिक

काठमाडौं, ०६ असार। पर्साको पर्सागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड ५० लाख ४१ हजार रुपैयाँ बराबरको अनुमानित आय व्ययसहितको बजेट सार्वजनिक गरेको छ ।

शुक्रवार आयोजित नगर सभाको १५ औँ अधिवेशनमा उपमेयर पूजा चौधरीले ५० करोड ५९ लाख ४१ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।

त्यसअघि मेयर गोकर्ण पाठकले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “समृद्ध र सुन्दर पर्सागढी सुखी पर्सागढी बासी”को अवधारणा पुरा गर्न पर्सागढी समृद्धिको आधार शिक्षा स्वास्थ्य कृषि पर्यटन र पूर्वाधार भन्ने मूल नारालाई साकार पार्ने बताए ।

मेयर पाठककै अध्यक्षतामा भएको नगर सभामा वडा सदस्यहरू लक्ष्मण आचार्य , सिता लामा, असलम आलम, वडाध्यक्ष रामबढाई प्रसाद यादव शेख खुर्सेद मियाँ लगायतले आआफ्नो प्रश्न र धारणा राखेका थिए भने नगर सभामा उठेका प्रश्न र विषयहरूको प्रमुख प्रशासकीय अधिकृत राजु साह र मेयर पाठकले जवाफ दिएका थिए  ।

नगर सभामा जग्गा दाता, कर्मचारी र सुरक्षाकर्मीलाई समान पत्र प्रदान गरी सम्मानित पनि गरिएको प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिए ।

नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम र प्रस्तावित बजेट नगर सभाबाट सर्वसम्मत पारित समेत भएको साहले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस