पर्सामा रास्वपा नेता जितेन्द्र मिश्रमाथि आक्रमण, गाडीमा तोडफोड

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ४, सोमबार (१ हप्ता अघि)
  • ४० पटक पढिएको
पर्सामा रास्वपा नेता जितेन्द्र मिश्रमाथि आक्रमण, गाडीमा तोडफोड

वीरगञ्ज, ०४ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्र माथि आइतबार राति अज्ञात समूहले आक्रमण गरेको छ ।

क्षेत्र अन्तर्गतको छिपहरमाई गाउँपालिका वडा नं. २ टिहुकीमा आयोजित वडा अधिवेशनमा सहभागी भएर वीरगञ्ज फर्कने क्रममा कालिकामाई गाउँपालिका वडा नं. १ स्थित मुडली पुल नजिक उनीमाथि आक्रमण भएको हो । घटना आइतबार राति करिब ८ बजे भएको बताइएको छ ।

सभापति मिश्रले पार्टीको कार्यक्रम सकेर वीरगञ्ज फर्कने क्रममा आफूलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको आरोप लगाएका छन् । आक्रमणका क्रममा उनी सवार बिइबी ५७८१ नम्बरको गाडीमा तोडफोड गरिएको प्रहरीले जनाएको छ । अज्ञात समूहको आक्रमणबाट गाडीको अगाडिको सिसा फुटेको भए पनि मिश्र सकुशल रहेका छन् ।

घटनाबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी निरीक्षक प्रदिप पौडेल ले घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको बताए । उनका अनुसार घटनामा संलग्नहरूको पहिचान भए पनि उनीहरू फरार रहेकाले पक्राउ गर्न नसकिएको हो ।

रास्वपाको केन्द्रीय तालिका अनुसार हाल जिल्लाभर वडा अधिवेशन चलिरहेको छ । प्रारम्भिक रूपमा उक्त घटना पार्टीभित्रकै असन्तुष्ट पक्षसँग जोडिएको आशंका गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस