पर्सामा १०० किलो गाँजा बरामद, लागूऔषध कारोबारमा कडाइ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ३१, आईतबार (१ घण्टा अघि)
  • ३८ पटक पढिएको
पर्सामा १०० किलो गाँजा बरामद, लागूऔषध कारोबारमा कडाइ

पर्सा, ३१ जेठ । पर्सामा एक सय किलोग्राम गाँजा बरामद भएको छ । जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकबाट सशस्त्र र प्रहरीको टोलीले आइतबार गाँजा बरामद गरेको हो ।

खेतमा लुकाइ राखेको पाँच बोरा गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

उक्त गाँजा कसको हो भन्ने खुलेको छैन । सम्बन्धित व्यक्तिको खोजी भइरहेको सूचना अधिकारी बस्नेतले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस