पर्सामा २० किलो गाँजा बरामद, भारतीय नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण ५, मंगलबार (३ घण्टा अघि)
  • ४५ पटक पढिएको
पर्सामा २० किलो गाँजा बरामद, भारतीय नागरिक पक्राउ

पर्सा , ०५ साउन। पर्सा प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

मंगलबार पर्साको जगरनाथपुरमा गाउँपालिका–४ को हुलाकी सडकमा एक कारबाट गाँजासहित ती व्यक्ति पक्राउ गरेका हुन् ।

चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बीआरओ ६ बीअएच ५४९६ नम्बरको भारतीय कार शंका लागेर चेकजाँच गर्दा कारको पछाडीको सीटमुनि प्लास्टिकको झोलामा लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गाँजासहित पक्राउ पर्ने भारतको बिहार सितामढी जिल्ला तालका ग्राम पञ्चायतका ३३ वर्षीय रहमद अन्सारी रहेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस