पर्सामा ३७० केजी गाँजा बरामद, संलग्नको खोजी तीव्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ६, शनिबार (१ घण्टा अघि)
  • ३५ पटक पढिएको
पर्सामा ३७० केजी गाँजा बरामद, संलग्नको खोजी तीव्र

काठमाडौं, ०६ असार। पर्सा प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छिपहरमाई गाउँपालिकाबाट ३७० केजी गाँजा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बुधवार राति करिब ९:१० बजे इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त टोलीले छिपहरमाई गाउँपालिका–१ मिर्जापुरस्थित पानी नभएको नहरको खाल्डोमा रहेको झाडीबाट गाँजा फेला पारेको थियो ।

प्रहरीले प्लास्टिकमा प्याक गरिएका २५ वटा पोकाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा कुल ३७० केजी गाँजा बरामद गरेको जनाएको छ । बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार उक्त लागूऔषधसँग सम्बन्धित व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले गाँजा कसले र कहाँबाट ल्याई उक्त स्थानमा लुकाएको हो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि खोजी कार्य तीव्र बनाएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस