पाथीभारा भ्रमणपछि वन कार्यालय रौतहटका कर्मचारी विवादमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १५, शुक्रबार (५ घण्टा अघि)
  • ५७ पटक पढिएको
पाथीभारा भ्रमणपछि वन कार्यालय रौतहटका कर्मचारी विवादमा

रौतहट, १५ जेठ ।  एकातिर सरकारी कार्यालय एवं कर्मचारीलाई खर्च कटौतीका पाठ संघिय सरकारले सिकाईरहदा मधेश सरकार अन्तर्गतको कार्यालयहरुद्वारा गरिने कार्यक्रम मठमन्दीर केन्द्रीत हुन थालेपछि आलोचना सुरु भएको छ ।

डिभिजन वन कार्यालय रौतहटले आयोजना गरेको “वन, वातावरण तथा जैविक विविधता संरक्षण सम्बन्धी अध्ययन तथा अवलोकन भ्रमण” अन्तर्गत कर्मचारीहरू पूर्वी नेपालको प्रसिद्ध धार्मिक स्थल पाथीभारा देवी माताको मन्दिरमा पुगेपछि कार्यक्रमको अवलोकन भ्रमणको औचित्य माथि प्रश्न उठ्न थालेको हो ।

वन कार्यालयले उक्त भ्रमणलाई वन संरक्षण, जैविक विविधता व्यवस्थापन तथा पर्यावरणीय संरक्षण सम्बन्धी अध्ययनका रूपमा प्रस्तुत गरेको छ । कार्यालयका अनुसार भ्रमणका क्रममा वन क्षेत्रको दिगो व्यवस्थापन, प्राकृतिक स्रोत संरक्षण तथा वातावरणीय सन्तुलनका विषयमा छलफल गरिएको दाबी गरिएको छ ।

तर स्थानीयवासी तथा सरोकारवालाले भने अध्ययन भ्रमणको नाममा सरकारी कर्मचारीहरू धार्मिक भ्रमणमा गएको आरोप लगाए । सरकारी बजेटबाट सञ्चालन गरिएको कार्यक्रममा वन तथा वातावरण सँग प्रत्यक्ष सम्बन्धित अध्ययन भन्दा धार्मिक स्थल भ्रमणलाई प्राथमिकता दिइएको भन्दै आलोचना भईरहेको छ ।

डिभिजन वन कार्यालयका अधिकांश कर्मचारी भ्रमणमा निस्किँदा जिल्ला भित्र वन अनुगमन कमजोर बनेको तथा काठ तस्करी समेत बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ । वन क्षेत्र संरक्षणको जिम्मेवारी बोकेको कार्यालयले प्राथमिकता विपरीत कार्यक्रम सञ्चालन गरेको भन्दै सामाजिक सञ्जालमा समेत तीव्र आलोचना भइरहेको छ ।

खर्च कटौतीको सन्देश दिइरहेका बेला सरकारी स्रोतसाधन प्रयोग गरेर गरिएको यस्ता भ्रमणले जनस्तरमा नकारात्मक सन्देश गएको टिप्पणी हुन थालेको छ । सरोकारवालाले अब यस्ता कार्यक्रमको उद्देश्य, उपलब्धि र खर्च विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

स्मरणीय रहोस डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख हेमन्त साहलाई हालै केही दिन अघि प्रमुख जिल्ला अधिकारीले स्पष्टिकरण सोधेका थिए ।

राजमार्ग भन्दा उत्तर गैडाटार जाने सडक खण्डमा पर्ने चाँदी खोलामा निर्माण भएको पुलको दुबै तर्फ मापदण्ड विपरित खोला उत्खनन गराइरहेको अवस्थामा स्थानीयको विरोध पछि प्रजिअ दिनेस सागर भुसालले कार्यालय प्रमुखकै बैठकमा प्रमुख साह संग स्पष्टिकरण सोधिएको श्रोबाट बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस