बागमतीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १०, आईतबार (१२ घण्टा अघि)
  • १७ पटक पढिएको
बागमतीमा नुहाउने क्रममा युवक बेपत्ता, खोजी जारी

रौतहट, १० जेठ। रौतहटको चन्द्रपुर–१ स्थित बागमती नदीमा शनिबार नुहाउने क्रममा दुई युवक डुबेर बेपत्ता भएका छन् । उनीहरु पाँच जनाको समूहमा नदीमा नुहाउन गएका थिए । नदीको गहिरो भागमा पुगेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार बेपत्ता हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ निवासी गणेश महतो र सोही पालिकाका रोहित महतो रहेका छन् । दुवैको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती युवकहरू महेन्द्र राजमार्गभन्दा करिब तीन किलोमिटर उत्तरतर्फ पर्ने मकवानपुर र सिन्धुलीको सीमा क्षेत्रबाट बग्ने बागमती नदीमा नुहाउन गएका थिए । सोही क्रममा उनीहरू नदीमा डुबेका हुन् ।

घटना लगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा खोजी कार्य सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लावुङका अनुसार रौतहट र सर्लाहीका प्रहरी टोली संयुक्त रूपमा बेपत्ता युवकहरूको खोजीमा जुटेका छन् । एक जनाको शव बरामद भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस