बाराबाट ५५ किलो गाँजा बरामद, एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २५, आईतबार (१३ घण्टा अघि)
  • ४९ पटक पढिएको
बाराबाट ५५ किलो गाँजा बरामद, एक जना पक्राउ

बारा,२५ असोज।  बारामा प्रहरीले ५५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। लागुऔषध गाँजाको ओसारपसार भइरहेको आशंकामा गरिएको चेकजाँचका क्रममा पचरौता नगरपालिका – ६ का एक व्यक्ति पक्राउ परेका हुन्। पक्राउ पर्नेमा पचरौता नगरपालिका–६ रामनगर टोल निवासी ४५ वर्षीय राजकिशोर प्रसाद यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार राति करिब १०ः४५ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव साहको नेतृत्वमा खटिएको गस्ती टोलीले पचरौता नगरपालिका–६ मा चेकजाँच गरेको थियो। सोही क्रममा यादवको साथबाट ५५ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजासहित पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको छ। बरामद गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्‍याउने योजना थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस