ब्राउन सुगर ओसारपसारको आरोपमा सिराहामा युवक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १७, शनिबार (२ घण्टा अघि)
  • ६४ पटक पढिएको
ब्राउन सुगर ओसारपसारको आरोपमा सिराहामा युवक पक्राउ

सिराहा,१७ असोज। सिराहामा  लागूऔषध   ब्राउन सुगर सहित एकजना युवक पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शुक्रबार राति जिल्ला सिरहा, कर्जन्हा नगरपालिका वडा नम्बर २ बन्दीपुर स्थित पूर्वपश्चिम राजमार्गमा लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा धनगढीमाई नगरपालिका वडा नम्बर ७ बस्ने २० वर्षिय अजय कुमार यादवलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिम पोखरा तर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ ख ०२२१ नम्बरको यात्रुवाहक बस रोकी चेकजाँच गर्दा उक्त बसमा सवार यादवले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिकमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध ब्राउन सुगर फेला परेको हो ।

उनका साथबाट  १० ग्राम ४१० मिलिग्राम ब्राउन सुगर र मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषध ब्राउन सुगर सहित अभियुक्तलाई इलाका प्रहरी कार्यालय मिर्चैया सिराहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस