भन्सार छली नेपाल भित्र्याइएका १० भारतीय इलेक्ट्रिक स्कुटर वीरगञ्जमा बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २, शुक्रबार (१ घण्टा अघि)
  • ४९ पटक पढिएको
भन्सार छली नेपाल भित्र्याइएका १० भारतीय इलेक्ट्रिक स्कुटर वीरगञ्जमा बरामद

वीरगञ्ज, ०२ असोज । नेपाल प्रहरीले वीरगञ्जबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइएका १० वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भदौ ३१ गते दिउँसो ४ बजे वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली अनधिकृत रूपमा सञ्चालन गरिरहेका अवस्थामा ती स्कुटरहरू बरामद गरिएको हो।

बरामद गरिएका भारतीय इलेक्ट्रिक स्कुटरहरूको अनुमानित बजार मूल्य करिब ८ लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लले जानकारी दिए।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सबै स्कुटरलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस