मधेशमा बालिका सुरक्षामाथि गम्भीर प्रश्न, तीन वर्षमा ३३१ बलात्कार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ९, मंगलबार (१ घण्टा अघि)
  • ३४ पटक पढिएको
मधेशमा बालिका सुरक्षामाथि गम्भीर प्रश्न, तीन वर्षमा ३३१ बलात्कार

जनकपुरधाम, ०९ भदौ। मधेश प्रदेशको बारा जिल्लाको जीतपुर सिमराकी बालिका गरिमा चौधरीको घटना सेलाउन नपाउँदै आइतवार सप्तरीमा एक तीन वर्षीया बालिका मृत फेला परेकी थिइन् । मधेश प्रदेशमा बालिका बलात्कार घटनाको डरलाग्दो अवस्थाले महिलाभन्दा बढी बालिका बलात्कार र यौनजन्य दुव्र्यवहारको शिकार भइरहेको तथ्यांकले देखाउँछ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तकको तथ्यांक अनुसार वर्ष सन् २०२३ देखि सन् २०२५ सम्म ३३१ कुल ६३० बलात्कारको घटनामा बलिका ३३१ र महिला २९९ जना पिडीत भएकी छिन् । तथ्यांक अनुसार बालिका बलात्कारको घटना सन् २०२५ मा १०१, सन् २०२४ मा १३०, र सन् २०२३ मा एक सयवटा भएको हो ।

महिलातर्फ सन् २०२५ मा १२३, सन् २०२४ मा ९७ र सन् २०२३ मा ७९ वटा घटना भएको भएको हो । गत तीन वर्षको तथ्यांकमा मधेशका जिल्ला मध्ये सबभन्दा बढी बालिका बलात्कार घटना सर्लाहीमा ६७ वटा घटना भएको हो । अन्य जिल्लाहरुमा सप्तरीमा ५५, सिरहामा ५३, धनुषामा २७, महोत्तरीमा २६, रौतहटमा २८, बारामा ३५ र पर्सामा ४० वटा भएको हो ।

यसरी महिलातर्फ सबभन्दा बढी धनुषा जिल्लामा ९७ वटा बलात्कार घटना भएको हो । अन्य जिल्लातर्फ सप्तरीमा २९ वटा घटना भएको जसमध्ये सन् २०२५ मा एउटा पनि घटना भएको देखिदैन । सिरहामा ४३, महोत्तरीमा २५, सर्लाहीमा २४, रौतहटमा ३२, बारामा २२ र पर्सामा २७ वटान बलात्कार घटना रहेको इन्सेकको तथ्यांकमा उल्लेख छ ।

उमेर नपुगेका खासगरी किशोरावास्थाको बालिका बढी बलात्कारको शिकार भइरहेको सरोकारवाला विज्ञहरुको भनाई छ । बालिका बलात्कार घटना बढनुको प्रमुख कारण सामाजिक सञ्जाल रहेका, नौतिकताको कमी, यौन शिक्षा र अभिभावकमा सचेतनाको आभावले बढेको सरोकारवालाहरु बताउँछन् ।

बलात्कार घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार तथ्यांकगत रुपमा हेर्दा सबभन्दा बढी १२/१३ वर्षदेखि १० वर्ष मुनिका बालिका बलात्कार घटनाको शिकार रहेकी छिन् । जसको प्रमुख कारण हो सामाजिक सञ्जाल । सामाजिक सञ्जालमा विभिन्न उत्तेक दृश्य हेर्ने, लागू पदार्थ सेवन, साथी बनाउने र शारिरीक सम्पर्कमा संलग्न हुने, अभिभावकको दबावपछि बलात्कार मुद्दा दर्ता लगायतका रहेको छ ।

सामाजिक सञ्जालको बढी प्रयोग र दुरुपयोग, नौतिक शिक्षा र यौन शिक्षाको आभाव तथा अभिभावकमा अभिभावकत्वको कमीले बालिका बलात्कार घटना बढेको यस्तै मानवअधिकारकर्मी एवं अधिवक्ता रेखा झाको भनाई छ । उनले भनिन् ‘सामाजिक सञ्जाल अहिले निकै छाडा भइसकेको छ । पैसा कमाउने होडमा सामाजिक सञ्जालको विभिन्न प्लेटफार्ममा राखिएका कामुकता उत्तेजक दृश्यमा नियन्त्रण आवश्यक छ । यसले सामाजका

बालबालिकामा निकै नाकारात्मक पारेर बलात्कार जस्ता घटनाको अवस्था पुरयाउँछ । सामाज र परिवार के हो भन्ने नैतिकता हराउंदै गएको छ । यसका लागि नौतिक शिक्षा र गुड टच तथा बैड टच, उमेर समूहमा नपुगेपछि गरिएको शारिरीक सम्पर्कले पार्ने असर बारे बालबालिकामा शिक्षा दिन आवश्यक छ । सबभन्दा महत्वपूर्ण अभिभावकमा अहिले अभिभावकत्व हराउँदै गएकाले पनि घटना बढेको उनको भनाई छ ।

यस्तै इन्सकेका मधेश प्रदेश प्रतिनिधि एवं मानवअधिकारकर्मी राजु पासवानले विभिन्न सामाजिक सञ्जालको दुरुपयोग, प्रलोभनमा पर्नु, बालबालिका सम्बन्धी अन्तराष्ट्रिय कानूनको अवलम्बन नगर्नु र सामाजिक प्रतिष्ठाको कारणले बालिका बलात्कारको घटना तथ्यांकगत रुपमा बढी देखिएको बताउँछन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस