मधेश केन्द्रित दल पहिलोपटक सत्ताबाहिर, जसपा–जनमत–लोसपा प्रतिपक्षमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ११, सोमबार (५ मिनेट अघि)
  • १९ पटक पढिएको
मधेश केन्द्रित दल पहिलोपटक सत्ताबाहिर, जसपा–जनमत–लोसपा प्रतिपक्षमा

वीरगञ्ज, ११ जेठ। मधेश प्रदेशमा आठ वर्षदेखि कुनै न कुनै रूपमा सत्तामा रहेका मधेश केन्द्रित दलहरू पहिलोपटक प्रतिपक्षमा पुगेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) का मन्त्रीहरूलाई मुख्यमन्त्री कृष्णप्रसाद यादव ले बर्खास्त गरेपछि मधेश सरकार मधेश केन्द्रित दलविहीन बनेको हो ।

यसअघि जनमत पार्टी ले पनि सरकारबाट समर्थन फिर्ता लिइसकेको थियो । जसपाका मन्त्रीहरू हटाइएपछि मधेश केन्द्रित दलहरू पूर्ण रूपमा प्रतिपक्षी बेन्चमा पुगेका छन् ।

२०७४ सालमा संविधानपछि भएको पहिलो प्रदेश निर्वाचनबाट मधेशमा मधेश केन्द्रित दलकै नेतृत्वमा सरकार गठन हुँदै आएको थियो । तर पछिल्ला राजनीतिक समीकरण, सत्ता संघर्ष र दलहरूबीचको अविश्वासका कारण अहिले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार बनेको छ ।

राजनीतिक विश्लेषकहरूले मधेश केन्द्रित दलहरू एजेन्डाभन्दा सत्ता स्वार्थमा केन्द्रित हुँदा अहिलेको अवस्थामा पुगेको टिप्पणी गरेका छन् । उनीहरूका अनुसार वितरणमुखी बजेट, उपभोक्ता समितिमार्फत काम, योजना बिक्री तथा सत्ता केन्द्रित राजनीतिले मधेश केन्द्रित दलप्रति जनविश्वास कमजोर बनाएको छ ।

जसपा नेता मनिष सुमन ले अब प्रतिपक्षमा बसेर सरकारलाई गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने बताएका छन् । यता राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा ले मधेश केन्द्रित दलको सत्तालिप्सा र अस्थिर राजनीतिका कारण यस्तो अवस्था आएको टिप्पणी गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस