मधेश प्रदेशमा मोटरसाइकल दुर्घटना तीव्र रूपमा बढ्दै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २०, आईतबार (२ घण्टा अघि)
  • ३९ पटक पढिएको
मधेश प्रदेशमा मोटरसाइकल दुर्घटना तीव्र रूपमा बढ्दै

जनकपुरधाम, २० वैशाख। मधेश प्रदेशका जिल्लाहरुमा मोटरसाइकल दुर्घटना ह्वातै बढेको छ । प्रहरीको तथ्यांक अनुसार दुर्घटना हुने गाडीहरुमा अधिकांश मोटरसाइकल रहेको छ । चालु आव २०८२।८३ कै चैत मसान्तसम्ममा ८ हजार ६२४ वटा सवारीसाधन दुर्घटनामा ५ हजार ९७५ वटा मोटरसाइकल नै रहेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार चैत मसान्तसम्ममा मधेशको धनुषामा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको हो । यहाँ १ हजार ४८ वटा मोटरसाइकल दुर्घटनामा परेको हो । गत आर्थिक वर्ष २०८१।८२ मा १० हजार ६७९ वटा सवारीसाधन दुर्घटनामा परेकोमा त्यसमध्ये ७ हजार २०१ वटा मोटरसाइकल नै रहेको थियो ।

आव २०८०।८१ मा ८ हजार ५२९ वटा सवार ीसाधन दुर्घटनामा परेकोमा ५ हजार ९२६ वटा मोटरसाइकल रहेको थियो । आव २०७९।८० मा ८ हजार ३७६ वटा सवार ीसाधन दुर्घटनामा परेकोमा ५ हजार ७४५ वटा मोटरसाइकल रहेको थिया ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस