मुख्य सामग्रीमा जानुहोस्
६ मंसिर २०८३, आइतबारबेलुका ६:३५
६ मंसिर २०८३ आइतबारबेलुका ६:३५ Sunday, November २२, २०२६

माइक्रोबस चोरी प्रकरणमा दुई जना पक्राउ

शेयर००

काठमाडौं,०६ मंसिर। काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलबाट हराएको माइक्रो बस चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार गत कात्तिक २९ गते साँझ करिब ७:४५ बजे मनमती करिडोरस्थित सामुदायिक भवन नजिक खाली जग्गामा पार्किङ गरेर राखिएको बा १ ज ९८०५ नम्बरको माइक्रोबस हराएको थियो ।

माइक्रोबस हराएको सूचनापछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा मंसिर २ गते कलंकीबाट चोरी भएको गाडी फेला पारेको थियो ।

सो माइक्रोबस चोरीमा संलग्न भएको आरोपमा प्रहरीले शनिबार स्वयम्भूस्थित बुद्ध पार्कबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा छन् ।

उनीहरूलाई चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर००
Testing Theme

Testing Theme

Online News Portal