मोटरसाइकल दुर्घटनामा सिम्रौनगढकी महिलाको मृत्यु, श्रीमानसहित तीन जना घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २५, आईतबार (१४ घण्टा अघि)
  • ५६ पटक पढिएको
मोटरसाइकल दुर्घटनामा सिम्रौनगढकी महिलाको मृत्यु, श्रीमानसहित तीन जना घाइते

बारा,२५ असोज।  बाराको सिम्रौनगढमा तीव्र गतिमा रहेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान्सहित तीन जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–६ निवासी ३७ वर्षीया रिजवाना खातुन रहेकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी खातुनलाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार दुर्घटनामा साइकल चालक खातुनका श्रीमान् ४० वर्षीय सबु महमद गम्भीर घाइते भएका छन्। कलैया अस्पतालमा प्राथमिक उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पठाइएको छ।

साइकललाई ठक्कर दिने मोटरसाइकलमा सवार दुई जना पनि दुर्घटनामा गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकल चालक २५ वर्षीय अजय महतो र पछाडि सवार २२ वर्षीय विवेक महतो रहेका छन्। उनीहरू दुवै जनाको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस