मौलापुरमा उपसभामुख रुवीको भव्य स्वागत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ५, शुक्रबार (१ घण्टा अघि)
  • ३३ पटक पढिएको
मौलापुरमा उपसभामुख रुवीको भव्य स्वागत

जनकपुरधाम, ०५ असार। प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुर को शुक्रबार रौतहट आगमन भएको छ। फतुवा विजयपुर नगरपालिका–टेंग्राहामा आयोजित युवा नेता रमाशंकर पासवानकी भतिजीको वैवाहिक समारोहमा सहभागी हुन आएकी उपसभामुख ठाकुरलाई मौलापुरमा स्थानीय नेता तथा शुभेच्छुकहरूले भव्य स्वागत गरेका हुन्।

मौलापुर पुगेकी उपसभामुख ठाकुरलाई फतुवा विजयपुरका मेयर प्रत्याशी बिजय यादव लगायत स्थानीय राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले फूलमाला र खादा ओढाएर सम्मान तथा स्वागत गरेका थिए। स्वागत कार्यक्रममा स्थानीयवासीको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

उपसभामुख ठाकुर मधेश प्रदेशमा दाइजो ९दहेज० विरुद्धको अभियान र महिला सशक्तीकरणका मुद्दामा सक्रिय रूपमा आवाज उठाउँदै आएकी नेताका रूपमा परिचित छिन्। दहेजमुक्त समाज निर्माणको पक्षमा निरन्तर वकालत गर्दै आएकी उनको रौतहट आगमनलाई स्थानीयहरूले सकारात्मक रूपमा लिएका छन्।

विशेषगरी विवाह समारोहजस्ता सामाजिक कार्यक्रमहरूमा राष्ट्रिय तहका नेतृत्वको सहभागिताले स्थानीय समुदायसँग राजनीतिक नेतृत्वको सम्बन्ध थप सुदृढ हुने विश्वास गरिएको छ। साथै, दहेजजस्ता सामाजिक विकृतिविरुद्ध सन्देश प्रवाह गर्न यस्ता उपस्थितिहरूले महत्वपूर्ण भूमिका खेल्ने सामाजिक अगुवाहरूको भनाइ छ।

रौतहटको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको मौलापुरमा उपसभामुख ठाकुरको स्वागतलाई स्थानीयवासीले सम्मान र आत्मीयताको प्रतीकका रूपमा लिएका छन्। उनको भ्रमणले सामाजिक सद्भाव, महिला अधिकार तथा दहेजमुक्त समाज निर्माणका विषयमा थप सकारात्मक बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस