राजीव खत्रीको प्रश्न– ‘८१ प्रतिशत हिन्दु रहेको देशमा धर्मनिरपेक्षता ल्याउने को–को थिए ?’

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (१ घण्टा अघि)
  • ४३ पटक पढिएको
राजीव खत्रीको प्रश्न– ‘८१ प्रतिशत हिन्दु रहेको देशमा धर्मनिरपेक्षता ल्याउने को–को थिए ?’

वीरगञ्ज, ०४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजीव खत्रीले संविधान निर्माण प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउँदै ‘चोरबाटोबाट धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र ल्याइएको’ आरोप लगाएका छन्।

संविधान दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खत्रीले संविधान जारी हुँदाका पहिलो राष्ट्रपति डा। रामवरण यादव र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको असन्तुष्टिबीच संविधान जारी भएको दाबी गर्दै यस्तो आरोप लगाएका हुन् ।

खत्रीले राष्ट्रपति यादवको ‘खुसी भएर संविधान जारी गरेको होइन, संवैधानिक बाध्यताले हस्ताक्षर गरेँ’ भन्ने भनाइ स्मरण गर्दै तत्कालीन प्रधानमन्त्री कोइरालाले ‘संविधानमा धर्मनिरपेक्षता भएको आफूलाई थाहै नभएको’ भनेको दाबी गरेका छन्।

‘संविधान जारी हुँदा न त्योबेलाका राष्ट्रपति खुशी हुनुहुन्छ न त तत्कालिन प्रधानमन्त्रीले कसरी जारी भयो भनेर पत्तो नै पाउनु भएको थियो । पूर्वप्रधानमन्त्री कोइराला पत्तै नपाइ बित्नुभयो, पूर्वराष्ट्रपति अझै खुशी हुनुहुन्न,’ उनले भनेका छन् ।

संविधानसभाले जनताबाट संकलन गरेका करिब दुई लाख लिखित राय–सुझावसमेत नखोलिएको आरोप लगाउँदै उनले संविधान निर्माण प्रक्रियामा जनताको मतलाई उपेक्षा गरिएको जिकिर गरेका छन्।

उनले ८१ प्रतिशत हिन्दु धर्मावलम्बी रहेको देशमा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र कसरी संविधानमा समेटिए भन्ने प्रश्न उठाउँदै त्यसको जिम्मेवारी लिने र चित्तबुझ्दो जवाफ दिने कोही तयार छरु भन्दै चुनौती दिएका छन्।

‘८१ प्रतिशत हिन्दु देशको संविधानमा धर्म निरपेक्ष घुसाउने गिरोहमा को को थिए ? अब कसले जवाफ दिन्छ ? चोुरबाटोबाट ल्याएको धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र भन्ने आरोप लाग्दा यसको चित्तबुझ्दो जवाफ दिने नैतिक धरातल कसले राख्ला ?,’ उनले भनेका छन् ।

उनले आफूले उठाएका प्रश्नको तथ्यगत र नैतिक जवाफ दिनुपर्ने बताएका छन्।

 

ताजा अपडेट

खोजी गर्नुहोस