रौतहटको परोहा पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १०, बुधबार (४६ मिनेट अघि)
  • ४४ पटक पढिएको
रौतहटको परोहा पोखरीमा डुबेर १० वर्षीय बालकको मृत्यु

रौतहट, १० भदौ। रौतहटको परोहा नगरपालिकामा पोखरीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परोहा नगरपालिका–५ रमनगरका १० वर्षीय नासिर कलाम रहेका छन् ।

स्थानीय शेख नसरुल हकका छोरा नासिर मङ्गलबार गाउँकै सार्वजनिक पोखरीमा नुहाउन गएका बेला अचानक गहिरो पानीमा डुबेका थिए । पोखरीमा बालक डुबेको खबर पाएलगत्तै पुगेको स्थानीय र प्रहरीको टोलीले उनलाई उद्धार गरे पनि ज्यान जोगाउन सकिएन ।

प्रहरीले बालकको शव परीक्षण (पोस्टमार्टम) का लागि प्रादेशिक अस्पताल गौर पठाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस