रौतहटको १ अर्ब ६६ करोडको टेन्डर विवादित, प्रदेश सभामा सांसदको चर्को विरोध

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १९, शुक्रबार (९ घण्टा अघि)
  • १६३ पटक पढिएको
रौतहटको १ अर्ब ६६ करोडको टेन्डर विवादित, प्रदेश सभामा सांसदको चर्को विरोध

रौतहट, १९ असार। सरकार र विपक्षी दलहरुबीच बिहीबार सहमति हुन नसक्दा मधेश प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मधेश प्रदेशमा बजेटमाथिको छलफलका लागि बुधबार प्रदेश सभाको बैठक बोलाइएको थियो । तर विपक्षी दलहरुले बजेट संशोधनको मागगर्दै बैठक अवरुद्ध गरेका थिए ।

सभामुख रामअशिष यादवले संसद चलाउन आह्वान गरेको सर्वदलीय बैठक बस्न सकेन । सत्तारुढ र विपक्षी केही दलका नेताहरु अनुपस्थित रहेकाले बैठक बस्न नसकेको नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले जनाएका छन् । सर्वदलीय बैठक हुन नसकेपछि दिउँसो साढे २ बजे बसेको प्रदेश सभा बैठकमा जनता समाजवादी पार्टी(जसपा) नेपाल र जनमत पार्टीले अवरोध गरेको थियो ।

बजेट संशोधनको माग गर्दै विपक्षी दलले प्रदेशसभा बैठक अवरोध गरे । प्रमुख प्रतिपक्षी जसपा नेपाल र प्रतिपक्षी जनमत पार्टीले सदन अवरुद्ध गरेपछि सभामुखले सदन चलाउन गरेको प्रयास सफल हुन सकेन । बैठकको प्रारम्भमा नै जनमत पार्टीका सांसद संजयकुमार यादवले सरकारले एक करोडको बजेट ल्याउने नाममा टुक्रे योजनाहरू भएको बजेट ल्याएर संघीयतामाथि वितृष्णा बढाउन खोजेको आरोप लगाए । ‘सरकारले एक करोड भन्दा कमको बजेट नल्याउने र प्रतिस्पर्धाबाट मात्र काम हुने प्रतिबद्धता जनाएका थिएÚ पूर्वमन्त्री समेत रहेका यादवले भने, संसदलाई सरकारले छलेकाले बजेट संशोधन नभएसम्म सदन चल्न दिने छैनौ ।

बैठकमा जसपा नेपालका सांसद उपेन्द्र महतोले तीन दलीय सरकारले संघीयतालाई नै समाप्त पार्ने दुष्प्रयास गरेको आरोप लगाए । ‘संघीयताको लागि कुनै योगदान नदिएका दलहरुको गठबन्धनले संघीयतालाई समाप्त गर्ने षडयन्त्र गरिरहेको छ’ उनले भने, तर धेरैको बलिदानीबाट प्राप्त भएको संघीयतालाई सहजै समाप्त गर्न सकिदैन ।

संघीयताका लागि सयौं मधेशी सपुतले शहादत दिएको पनि उनले स्मरण गरे । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा यादवले आफ् नो गृह जिल्लामा जेठ र असार १७ गते समेत गरी १ अर्ब ६६ करोडको टेण्डर गरेको सांसद महतोले उल्लेख गरे । ‘चालु आर्थिक वर्षको रातो किताबमा समेत नभएको योजनाहरुको टेण्डर कुन प्रक्रियाले भयो

ताजा अपडेट

खोजी गर्नुहोस