रौतहटमा प्रहरीको ठूलो अपरेसन : एकै दिनमा १० फरार प्रतिवादी पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १६, मंगलबार (१३ घण्टा अघि)
  • ५२ पटक पढिएको
रौतहटमा प्रहरीको ठूलो अपरेसन : एकै दिनमा १० फरार प्रतिवादी पक्राउ

रौतहट, १६ असार। जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै दण्ड जरिवानासमेत गरेपनि लामो समयदेखि लुकिछिपी बस्दै आएका १० जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

फरार प्रतिवादीलाई पक्राउ गर्ने विशेष अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले सोमवार चेक अनादर, कुटपिट तथा लेनदेन बिगो मुदाका १० जना फरार प्रतिवादी लाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार पक्राउ पर्नेमा चेक अनादर मुद्दामा गरुडा नगरपालिका ५ का ओमनाथ गिरी, शिवशंकर पाण्डे, राकेश कुमार जैसवाल, शिवशंकर पाण्डे,३ का पनिलाल सहनी वडा ५ का शिवशंकर पाण्डे रहेका छन्।

त्यस्तै कटहरिया ७ का सोनालाल भगत, माधव नारायण ४ का परशुराम यादव, राजदेव यादव र गढीमाई ९ का राम ईश्वर सहनी रहेको प्रहरीले जनाएको छ।

अदालतले तोकेको ६ हजार ७०० जरिबाना असुल र फैसला कार्यान्वयनका लागि मंगलवार सम्पूर्ण प्रतिवादीलाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस