रौतहटमा महिलामाथि जबर्जस्ती करणी प्रयास, चार भारतीयसहित पाँच जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २३, मंगलबार (१२ घण्टा अघि)
  • ४८ पटक पढिएको
रौतहटमा महिलामाथि जबर्जस्ती करणी प्रयास, चार भारतीयसहित पाँच जना पक्राउ

रौतहट, २३ असार । रौतहटको गौर नगरपालिका–२ स्थित सुस्मा प्यालेस होटलमा एक महिलामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये एक नेपालीसहित चार जना भारतीय नागरिक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार बिहान करिब १ बजे पीडितले दिएको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा गौर नगरपालिका–२ निवासी २५ वर्षीय सन्तोष राउतसहित भारतको बिहार राज्य, मुजफ्फरपुर जिल्लाका चार जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्ने भारतीय नागरिकमा मुजफ्फरपुरको कल्याणी पञ्चायत–२४ निवासी ३३ वर्षीय मोहम्मद ताजुदिन, मैरोवन पञ्चायत–२ निवासी ३७ वर्षीय जितेन्द्र कुमार, बकटपुर पञ्चायत–१ निवासी ३८ वर्षीय हसनैन आलम र क्रममा पञ्चायत–४ निवासी ३४ वर्षीय आलोक कुमार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार पक्राउ परेका पाँचै जनाविरुद्ध जबर्जस्ती करणी तथा करणी उद्योगसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ । सीमावर्ती जिल्लामा भारतीय नागरिकसमेत संलग्न भएको यस घटनालाई प्रहरीले गम्भीर रुपमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस