रौतहटमा मोटरसाइकल दुर्घटनापछि वडाध्यक्षसहित दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २६, मंगलबार (५ घण्टा अघि)
  • ५४ पटक पढिएको
रौतहटमा मोटरसाइकल दुर्घटनापछि वडाध्यक्षसहित दुई जना पक्राउ

रौतहट, २६ साउन। रौतहटको मौलापुरमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएपछि प्रहरीले वडाध्यक्षसहित दुई जनालाई पक्राउ गरेको छ ।

सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि मौलापुर नगरपालिका–३ का वडाध्यक्ष महेश महतो कोइरी र २८ वर्षीय त्रिकिशोर कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार २०८२ साल असार ६ गते दिउँसो करिब १:४० बजे मौलापुर–जयनगर सडकखण्ड अन्तर्गत मौलापुर–३ स्थित विद्युत् कार्यालय नजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । वडाध्यक्ष कोइरीले चलाएको ना.२५ प १२२५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट त्रिकिशोर कुशवाहाले चलाएको प्रदेश २–०३–००७ प ६६६५ नम्बरको मोटरसाइकल एकापसमा दुर्घटना भएको थियो ।

दुर्घटनामा त्रिकिशोरले चलाएको मोटरसाइकलको पछाडि सवार मौलापुर–३ निवासी २० वर्षीय नीरज कुशवाहा गम्भीर घाइते भएका थिए । घाइते कुशवाहाको उपचारका क्रममा २०८२ साल माघ १७ गते बिहान १०:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको लामो अनुसन्धानपछि प्रहरीले २०८३ साल साउन २५ गते दुवै चालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैमाथि सवारी ज्यान मुद्दा दर्ता गरी थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस