
रौतहट, १२ जेठ। गए राति आएको हावाहुरीका कारण घर ढल्दा च्यापिएर वृन्दावन नगरपालिका–७ सखुअवा धमौरा गढी टोलमा एक महिलाको मृत्यु भएको छ। आमाको मृत्युपपछि छोरा–छोरीको बिचल्ली भएको छ । आफ्नै घरमा रहेका बेला हावाहुरीका कारण घरको खावा ढल्दा स्थानीय फूलकुमारी यादव घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि गरुडास्थित बेटर अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक यादवको घर काठ र बासबाट बनाइएको थियो । अहिले बालबच्चा त्रिपालमुनि बसेका छन् । न खाना, न लुगाफाटो । उनीहरु बिचल्लिमा परेका छन् ।
