लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २७, मंगलबार (१३ घण्टा अघि)
  • ६१ पटक पढिएको
लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ

सिरहा,२७ असोज।  सिरहाको गोलबजार नगरपालिका – १, बैरीबाणबाट प्रहरीले ५.५७ ग्राम खैरो हेरोइनसहित दुई युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार प्रहरी चौकी मुक्सार र लागूऔषध नियन्त्रण ब्युरोको गोलबजार शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले बैरीबाणबाट कसाहातर्फ जाँदै गरेको स ६ प ७३३७ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा चालक धनगढीमाई नगरपालिका–१३ निवासी १९ वर्षीय सुरज यादवको साथबाट ५.५७ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका १९ वर्षीय श्यामबाबु कुमार यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेका दुवै युवकलाई बरामद गरिएको खैरो हेरोइन र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस