लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ ६, बुधबार (१६ घण्टा अघि)
  • ३७ पटक पढिएको
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

रौतहट, ०६ जेठ। प्रहरीले चन्द्रपुर नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ परेका छ्न । चन्द्रपुर-४ स्थित महेन्द्र राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका राईले चलाई आएको बा.१७ प.७४३८ नम्बरको मोटरसाइकल, ६. ३८०  ग्राम ब्राउन सुगर र उनीहरूले प्रयोग गर्दै आएको २ थान मोबाइल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीको नियमित चेकजाँच चलिरहेकै समयमा मोटरसाइकल चलाउँदै आएका सिन्धुली जिल्लाका हरिहरपुरगढी गाउँपालिका-४ निवासी ३० वर्षीय अरुण जंग राई र मोटरसाइकलमा पछाडि बसेका चन्द्रपुर नगरपालिका-४ निवासी ३६ वर्षीय सन्देश कुशवारलाई ब्राउनसुगरसहित पक्राउ गरिएको इलाका प्रहरी चन्द्रनिगाहपुरको प्रमुख रुपा लाबुङले जानकारी दिइन् ।

पक्राउ परेका दुबैजनामाथि लागुऔषध ओसार पसारअन्तर्गत मुद्दा चलाइएको उनले बताइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस