लागुऔषध ब्राउन सुगरसहित सिरहामा २ जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १९, मंगलबार (१ हप्ता अघि)
  • ४४ पटक पढिएको
लागुऔषध ब्राउन सुगरसहित सिरहामा २ जना पक्राउ

सिरहा, १९ जेठ। सिरहा प्रहरीले ३ ग्राम १४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ का २३ वर्षीय जयकुमार साह र १९ वर्षीय सुजल शाह रहेका छन्। उनीहरूलाई आइतबार बेलुका सिरहा नगरपालिका–१५ बुधौराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१० प ७६३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट ३ ग्राम १४० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत सिरहाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस