लागूऔषधसहित वीरगञ्ज भन्सारबाट दुई जना नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २६, शनिबार (१ घण्टा अघि)
  • ४४ पटक पढिएको
लागूऔषधसहित वीरगञ्ज भन्सारबाट दुई जना नियन्त्रणमा

वीरगञ्ज, २६ वैशाख। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्सा अन्तर्गत खटिएको टोलीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

मिति २०८३ वैशाख २५ गते वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेट स्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्ज बाट ड्रग्स डिटेक्सन तालिमप्राप्त कुकुरसहित खटिएको टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको अटोमा सवार दुई जनामाथि शंका लागेपछि चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने ५ ग्राम पदार्थ तथा सेतो हिरोइनजस्तो देखिने ०.३४ मिलिग्राम पदार्थ बरामद गरिएको थियो ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ सिमलटार निवासी २० वर्षीय सागर घिमिरे र २३ वर्षीया पुजा जिम्बा रहेका छन् ।

नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय विर्ता मा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलका सूचना अधिकारी मोहन राज निरौला ले घटनाबारे जानकारी दिएका हुन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस