लागूऔषध ब्राउन सुगरसहित रौतहटमा दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ५, शुक्रबार (१ घण्टा अघि)
  • २८ पटक पढिएको
लागूऔषध ब्राउन सुगरसहित रौतहटमा दुई जना पक्राउ

रौतहट, ०५ असार। रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चपुरमा प्राप्त विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकसहितको टोलीले शुक्रबार साँझ करिब ६:३० बजे चन्द्रपुर–६ डावरीटोलमा खानतलासी गरेको थियो। सो क्रममा स्थानीय बलराम सापकोटाका २६ वर्षीय छोरा निराश कुमार सापकोटाको शरीर तथा साथमा रहेको पर्स जाँच गर्दा कालो प्लास्टिकमा बेरेर लुकाइछिपाइ राखिएको खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित ०.१६० मिलिग्राम र प्लास्टिकबाहेक ०.०८० मिलिग्राम रहेको बताइएको छ। साथै सापकोटाको साथबाट नगद रु. ३२ हजार २९० समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पदार्थ बिक्री गर्ने व्यक्तिका रूपमा चन्द्रपुर–६ शान्तिनगर टोल निवासी खडानन्द न्यौपानेका ३० वर्षीय छोरा विकास न्यौपानेको संलग्नता खुलेपछि उनलाई पनि रु. २२ हजार ३९० नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय चपुरमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

घटना स्थल इलाका प्रहरी कार्यालय चपुरबाट करिब ३ किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा पर्ने बताइएको छ। प्रहरीले घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस