लापसे अभियानमा वीरगञ्जका ५ चालक प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ५, शुक्रबार (१ घण्टा अघि)
  • ३० पटक पढिएको
लापसे अभियानमा वीरगञ्जका ५ चालक प्रहरी नियन्त्रणमा

वीरगञ्ज, ०५ असार। वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) सम्बन्धी विशेष चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथानारायणी अस्पतालको संयुक्त सहकार्यमा उक्त अभियान सञ्चालन गरिएको हो।

पथलैया–वीरगञ्ज सडकखण्डमा सञ्चालन गरिएको चेकजाँचका क्रममा निजी तथा सार्वजनिक सवारीसाधनका चालकहरूको स्वास्थ्य अवस्था तथा सवारी सञ्चालनसम्बन्धी परीक्षण गरिएको थियो। अभियानअन्तर्गत २२ वटा सवारीसाधनका चालकको लापसे परीक्षण गरिएको प्रहरीले जनाएको छ।

जाँचका क्रममा १ जना निजी सवारीसाधन चालक र ४ जना सार्वजनिक सवारीसाधन चालक गरी कुल ५ जनामा लापसे सम्बन्धी समस्या देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

नियन्त्रणमा लिइएका चालकहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटना न्यूनीकरण, सडक सुरक्षा अभिवृद्धि तथा सुरक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन यस्ता विशेष चेकजाँच अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस