वन क्षेत्रमा तस्करको आक्रमण, रौतहटमा वन कर्मचारीसहित ५ पाँच जना घाइते

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २०, बुधबार (१४ घण्टा अघि)
  • ४७ पटक पढिएको
वन क्षेत्रमा तस्करको आक्रमण, रौतहटमा वन कर्मचारीसहित ५ पाँच जना घाइते

रौतहट, २० जेठ। रौतहटमा वन संरक्षणका लागि गस्तीमा खटिएको टोलीमाथि  तस्कर समूहले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्।

काठ चोरी भइरहेको सूचनाका आधारमा जंगल क्षेत्रमा पुगेको डिभिजन वन कार्यालय र रङ्गपुर साझेदारी वन उपभोक्ता समितिको संयुक्त टोलीमाथि काठ तस्कर समूहले आक्रमण गरेको हो।

घटना सोमबार राति चन्द्रनिगाहपुर–मैरा सडकखण्डअन्तर्गत पुल नजिकै भएको बताइएको छ। गस्ती गरिरहेको टोलीलाई तस्करहरूले घेरा हालेर कुटपिट गरेका थिए।

आक्रमणमा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार चौधरी, वन रक्षक सुरेन्द्र चौधरी, रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका सदस्य अर्जुन चौधरी र बिमल थापा तथा गस्ती गाडीका चालक अरविन्द पटेल घाइते भएका छन्।

रङ्गपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष अशोक यादवका अनुसार वन क्षेत्रमा काठ चोरी भइरहेको सूचनापछि टोली गस्तीमा गएको थियो। तर जंगलभित्र पुगेपछि तस्कर समूहले संगठित रूपमा उनीहरूमाथि आक्रमण गरेको हो।

घटनापछि वन कर्मचारी तथा स्थानीय उपभोक्ता समूहले आक्रमणमा संलग्न व्यक्तिमाथि कडा कारबाही गर्न माग गरेका छन्। प्रहरी र वन कार्यालयले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य सुरु गरेको जनाएको छ।

वन संरक्षणमा खटिएका कर्मचारीमाथि नै आक्रमण भएपछि रौतहटका वन क्षेत्रमा सक्रिय तस्करी सञ्जालको प्रभाव र सुरक्षाको विषय फेरि चर्चामा आएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस