वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २६, मंगलबार (६ घण्टा अघि)
  • ४२ पटक पढिएको
वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम, २६ साउन। वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन भएको छ ।

बिमलको ७९ वर्षको उमेरमा राति पौने १ बजे निधन भएको उनका कान्छा छोरा डा.विभाष लाभले जानकारी दिए ।

उनका अनुसार सोमबार राति साढे ११ बजेतिर कुराकानी गर्दागर्दै बिमल अचानक बिरामी परेका थिए । उपचारको लागि नजिकै अस्पतालमा लगिएको थियो । उपचारको क्रममै उनको निधन भएको हो ।

अहिले उनको प्रार्थिव शरीर श्रद्धाञ्जलीको लागि जनकपुरधाम उपमहानगरपालिका १० देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ ।

बिमल नेपाली, मैथिली, अंग्रेजी भाषामा थुप्रै साहित्यिक विद्यामा कलम चलाएका छन् । भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नाकोत्तर रहेका थिए । उनी २०२९ सालदेखि नै त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा अध्यापनमा जोडिएका थिए ।

उनी जगदम्बा श्री पुरस्कार, मधुपर्कलगायत थुप्रै सम्मानबाट विभूषित छन् । उनको आजै दिउँसो ३ बजे जनकपुरधाम स्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने डा. विजय दत्तले जानकारी दिए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस