विद्यार्थीलाई अपशब्द बोलेको आरोपमा प्रधानाध्यापकलाई कुटपिट

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १६, मंगलबार (१ घण्टा अघि)
  • ३९ पटक पढिएको
विद्यार्थीलाई अपशब्द बोलेको आरोपमा प्रधानाध्यापकलाई कुटपिट

सर्लाही, १६ भदौ। विद्यार्थीमाथि अभद्र तथा अपशब्द प्रयोग गरेको आरोपमा आक्रोशित विद्यार्थीहरूले सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यालय परिसरमै कुटपिट गरेका छन्।

विद्यार्थीहरूले प्रधानाध्यापक झाको गाडीसमेत तोडफोड गरेको जनाइएको छ। प्रधानाध्यापकले विद्यार्थीमाथि अभद्र व्यवहार गर्दै अपशब्द प्रयोग गरेको आरोपपछि विद्यार्थीहरू आक्रोशित बनेका थिए।

आक्रोशित विद्यार्थीहरूले विद्यालय परिसरमै प्रधानाध्यापक झामाथि हातपात गर्नुका साथै उनको सवारीसाधनमा समेत क्षति पुर्‍याएका हुन्।

घटनापछि विद्यालयमा तनावको अवस्था सिर्जना भएको जनाइएको छ। घटनाको वास्तविक कारण, कुटपिट तथा सवारीसाधन तोडफोडबाट भएको क्षतिको विवरण भने खुल्न बाँकी छ।

प्रधानाध्यापक र विद्यार्थीबीच भएको विवादले विद्यालयको शैक्षिक वातावरण तथा अनुशासनमा समेत प्रश्न उठाएको छ। घटनाबारे सम्बन्धित निकायले आवश्यक छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने देखिएको छ।

 

ताजा अपडेट

खोजी गर्नुहोस