विपद् पीडितको शव पहिचानका लागि सिंगापुर प्रहरी टोली नेपाल आइपुग्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २१, आईतबार (२ दिन अघि)
  • ७५ पटक पढिएको
विपद् पीडितको शव पहिचानका लागि सिंगापुर प्रहरी टोली नेपाल आइपुग्यो

वीरगञ्ज, २१ भदौ। गत भदौ १० गतेको विनाशकारी बाढीपछि नेपालमा जारी राहत तथा उद्धार कार्यलाई सघाउन सिंगापुर प्रहरीको ३५ सदस्यीय विशेष टोली नेपाल आइपुगेको छ ।

भदौ १७ गतेदेखि नेपालमा सक्रिय यो टोलीले हवाई निगरानीसँगै प्रकोपमा ज्यान गुमाएकाहरूको शव पहिचान ९डीभीआई० गर्न नेपाली अधिकारीहरूसँग हातेमालो गरिरहेको छ। होम टिम साइन्स एन्ड टेक्नोलोजी एजेन्सीका फोरेन्सिक विशेषज्ञ, औँठाछाप (फिंगरप्रिन्ट) संकलन तथा फोटोग्राफीमा प्रशिक्षित अधिकारीहरू, फोरेन्सिक प्याथोलोजिस्ट र प्राविधिकहरू सम्मिलित उक्त टोलीले काठमाडौँका विभिन्न अस्पतालमा राखिएका शवहरूको परीक्षण, विवरण अभिलेखीकरण र नमुना संकलनमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

भोटेकोसीको बाढीमा परेका आफ्ना ९ जना नागरिकसमेत सम्पर्कविहीन रहेका बेला सिंगापुर प्रहरीले मानवीय भावनालाई सर्वोपरी राख्दै केवल आफ्ना नागरिक मात्र नभई सम्पूर्ण पीडितहरूको पहिचानमा सहकार्य गरिरहेको जनाएको छ । इन्टरपोलको डीभीआई प्रोटोकलअनुसार नेपाल प्रहरी र स्वास्थ्य अधिकारीहरूसँगको समन्वयमा औँठाछाप संकलनदेखि डीएनए मिलानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

यसका साथै, सिंगापुरको टोलीले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरीलाई ड्रोन सञ्चालनसम्बन्धी विशेष तालिमसमेत प्रदान गरिरहेको छ। यसअघि नै सिंगापुरको विदेश मन्त्रालयको संकट प्रतिकार्य टोलीले प्रभावित क्षेत्रको अवलोकन गरिसकेको छ भने सिंगापुर सरकारले ५ लाख ६० हजार अमेरिकी डलर बराबरको अत्यावश्यक औषधि र आपत्कालीन राहत सामग्री उपलब्ध गराउने घोषणासमेत गरेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस