विशेष सूचनाको आधारमा किङ क्यासिना, फर्च्युन सिटी गेमिङ क्लव, क्यासिनो महाजोङ लगायत ठाउँमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

वीरगञ्ज, २७ वैशाख। वीरगञ्जका विभिन्न ४ वटा क्यासिनोमा प्रवेश गरी जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ५ भारतीयसहित ६ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको बिहार घर बताउने २६ वर्षीय गणेशकुमार, ३८ वर्षीय संदीपकुमार, ३१ वर्षीय सुरजप्रसाद, ४३ वर्षीय अल्लाह यादव र ३६ वर्षीय ओमप्रकाश यादव रहेका छन् ।
पर्साको वीरगञ्ज महानगरपालिका-३२ का ३७ वर्षीय जमुदिन मियाँ अन्सारी पनि पक्राउ परेका छन् ।