वीरगञ्जका चौरसिया दाजुभाइ पक्राउ, १९ वर्ष कैद सजाय कार्यान्वयन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १७, शनिबार (३ घण्टा अघि)
  • ३७ पटक पढिएको
वीरगञ्जका चौरसिया दाजुभाइ पक्राउ, १९ वर्ष कैद सजाय कार्यान्वयन

पर्सा ,१७ असोज।  जिल्ला प्रहरी कार्यालय पर्साले ठगी तथा संगठित अपराध मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २९ वर्षीय वीर नारायण चौरसिया र सोही स्थानका २४ वर्षीय राज नारायण चौरसिया रहेका छन्।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार दुवै जनालाई वीरगञ्ज–१६ स्थित इनर्वा क्षेत्रबाट पक्राउ गरिएको हो।

अदालतले उनीहरू दुवैलाई ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा १९ वर्ष कैद र कुल १ लाख ९० हजार रुपैयाँ जरिवाना तोकेको थियो। सजाय तोकिएपछि फरार रहेका उनीहरूलाई वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको कमान्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा खोजतलास तथा निगरानी गर्दै पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस