
पर्सा ,२८ असोज। पर्साको वीरगञ्ज महानगरपालिका–२५ खल्वास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले १३ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध औषधि बरामद गरेको छ।
बुधबार सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बीओपी) ड्राइपोर्ट पर्साबाट खटिएको गाडी मोबाइल टोलीले सीमावर्ती क्षेत्रमा बेवारिसे अवस्थामा रहेका विभिन्न प्रकारका औषधि बरामद गरेको हो।
बरामद गरिएका औषधिको मूल्य १३ लाख ४५ हजार ५०० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। अवैध रूपमा चोरी पैठारी गरी ल्याइएका ती औषधि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।
बरामद औषधि कसले र कहाँबाट ल्याएको भन्ने विषयमा उपलब्ध विवरणमा खुलाइएको छैन।
